काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब दुई घण्टा भेटवार्ता भएको हो । भेटवार्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा छलफल भएको बताउनुभयो । उहाँले सरकारले संसद्को बजेट अधिवेशन छिट्टै बोलाउने विश्वास व्यक्त पनि गर्नुभयो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजेर ४० मिनेटमा पुग्नुभएका ओली दिउँसो १ बजेर ५३ मिनेटपछि बाहिरिनुभएको थियो ।