एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक ललितपुरको गोदावरीमा सुरु हुँदै

वैशाख ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक ललितपुरको गोदावरीमा सुरु हुँदै

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदैछ । भोलिसम्म चल्ने परिषद् बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने जनाइएको छ ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन पेस गर्नुहुनेछ । यसैगरी केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद् गरी जम्मा ६ वटा प्रतिवेदन प्रस्तुत गरिने कार्यतालिका छ ।

राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन, विकास र समृद्धिलाई सुनिश्चित गर्न बलियो, सुदृढ र निर्णायक राष्ट्रिय शक्तिका रुपमा एमालेलाई विकसित गर्न परिषद् बैठकले स्पष्ट दिशानिर्देश गर्ने बताइएको छ ।

बैठकमा एमालेले २०८० मा चलाएको मिसन ग्रासरुट र झुलाघाट चिवाभन्ज्याङ संकल्पयात्राको समीक्षा समेत गरिनेछ । सोही समीक्षाका आधारमा पार्टीको आगामी कार्यदिशा तय गर्ने जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement