सुदूरपश्चिमको नेतृत्वका विषयमा प्रधानमन्त्री दाहाल र एकीकृत समाजवादीका नेता खनालबीच छलफल

वैशाख ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुदूरपश्चिमको नेतृत्वका विषयमा प्रधानमन्त्री दाहाल र एकीकृत समाजवादीका नेता खनालबीच छलफल

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार गठनको विषयलाई लिएर सत्ता समीकरण दलबीच खटपट देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान दुई नेताबीच छलफल भएको हो । सुदूरपश्चिम प्रदेश सरकार गठन गर्न गठबन्धन दल एकीकृत समाजवादीले विपक्षी दल कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेपछि दुई नेताबीच छलफल भएको हो । त्यस क्रममा खनालले पाँच दलीय गठबन्धनबीच सुदूरपश्चिम प्रदेश सरकार गठनलाई लिएर भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेका थिए ।

एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिएर अघि बढ्ने यसअघिको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेको नेता खनालले बताएका छन् । प्रधानमन्त्री दाहालले साँझसम्म सुदूरपश्चिम सरकारको विषय टुंगो लगाउने आश्वासन दिएको उनको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement