इलाम २ मा राप्रपाले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

चैत्र १५, २०८० |कान्तिपुर टीभी संवाददाता
इलाम २ मा राप्रपाले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको संसदीय बोर्ड बैठकले गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगको छ ।

राप्रपा युवा नेता गुरुङ पार्टीको शिक्षा विभागमा रहेर काम गर्दै आएका थिए । उनी राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका पूर्वउपाध्यक्ष हुन् । राप्रपाले इलाम २ को अवस्था बुझ्न झापाको हल्दिबारी गाउँपालिकाका अध्यक्षसमेत रहेका पार्टीका नेता रवीन्द्र लिङ्देनलाई जिम्मेवारी दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement