दुर्गा प्रसाईंले पाएको हतियार इजाजतबारे छानबिन गर्न गृहमन्त्रालयले बनायो समिति

चैत्र १६, २०८० |कान्तिपुर टीभी संवाददाता
दुर्गा प्रसाईंले पाएको हतियार इजाजतबारे छानबिन गर्न गृहमन्त्रालयले बनायो समिति

काठमाडौं । दुर्गा प्रसाईंले पाएको हतियार इजाजतबारे छानबिन गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ । बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै गृहमन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा समिति गठन भएको हो । समितिमा संयोजक पाण्डेसहित गृहमन्त्रालयका उपसचिव ऋषि पौडेल, उपसचिव एकदेव अधिकारी र नेपाल प्रहरीका प्रहरी उपरीक्षक सन्तोष भट्टराई छन् ।

समितिले १५ दिनभित्रमा आफ्नो प्रतिवेदन पेश गर्नु पर्नेछ । समितिले दुर्गा प्रसाईंका नाममा इजाजतपत्र र त्यसको नवीकरण सम्बन्धमा छानबिनगरी दोषी उपर कारबाहीको सिफारिस गर्ने छ । यस्तै व्यक्तिगत रुपमा इजाजत प्राप्त गरेका हातहतियारको प्रयोग सम्बन्धनमा मापदण्ड समेत समितिले निर्धारण गर्नेछ ।

यसबाहेक उक्त समितिले इजाजत प्राप्त हातहतियार र खरखजानाको दुरुपयोग रोक्न अनुगमन, नियमन र नियान्त्रणका सम्बन्धमा गरिएका अभ्यासको समीक्ष समेत गर्ने जनाइएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement