बझाङ । बझाङको प्रदेशसभा-१ को उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणना अनुसार नेकपा एमालेले अग्रता कायमै राखेको छ । यसअघिका गणनामा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसलाई पछि पार्दै माओवादी केन्द्र दोस्रो स्थानमा उक्लिएको छ ।
एमालेका दमनबहादुर भण्डारीले १५ सय ९२ मत पाउँदा माओवादी केन्द्रका जनक बुढाले ९ सय ९९ मत ल्याउनु भएको छ । यसैगरी, कांग्रेसका अभिशेकबहादुर सिंहले ९ सय ५५ मत ल्याउनु भएको छ । एकीकृत समाजवादीका दिलबहादुर सिंहलाई ५ सय ७२ मत प्राप्त भएको छ ।