मेलम्ची नदी तटीय क्षेत्रमा जोखिमको पूर्वसूचनाका लागि तीन स्थानमा साइरन जडान

असार १२, २०७९
मेलम्ची नदी तटीय क्षेत्रमा जोखिमको पूर्वसूचनाका लागि तीन स्थानमा साइरन जडान

स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिले बाढीको जोखिम न्यूनीकरणका लागि पूर्वतयारी थालेको छ । गत वर्ष मेलम्ची, हेलम्बु र पााचपोखरी गाउापालिकामा भौतिक र मानवीय क्षति पुर्‍याएपछि पुनः क्षति हुनबाट जोगाउन साइरन जडान गरिएको हो । 

बाढी पूर्वसूचना प्रणाली व्यवस्थित बनेपछि बाढी पूर्वानुमानको सूचना प्राप्तिमा सहज भएको छ । यन्त्रबाट जल तथा मौसम विज्ञान विभागले जारी गर्ने मौसम पूर्वानुमानसम्बन्धी सूचनाका साथै मेलम्ची र याङ्ग्री तथा लार्के खोलाको वहावको अवस्थाबारे जानकारी लिने गरिएको छ । केन्द्रबाट प्राप्त हुने सूचनालाई नदी तटीय क्षेत्र तथा विपद् जोखिमको क्षेत्रका नागरिकलाई पूर्वसूचना दिन सहज भएको छ ।

हेलम्बुको तिम्बु, किउल, चनौटे र ग्याल्थुम मेलम्चीको तारामाराङ, मेलम्ची र बाहुनेपाटी बाढीको उच्च जोखिममा छन् । जिल्ला विपद् व्यवस्थापन समिति र सुरक्षा निकायले नदीको बहाव निगरानी गर्ने गरेका छन् । नदीले सतर्कता तह पार गर्ने वित्तिकै साइरन बज्दा प्रभावित क्षेत्रका स्थानीयलाई सुरक्षित हुन केही सहयोग पुगेको छ ।