Kantipur Samachar | कान्तिपुर समाचार, ०९ असार २०७९

असार ९, २०७९
Kantipur Samachar | कान्तिपुर समाचार, ०९ असार २०७९

आजको मुख्य समाचार: 

* दलका अधिकांश नेता सम्पत्ति सार्वजनिक गर्न अनिच्छुक / प्रधानमन्त्री र मन्त्रीको अझै सार्वजनिक भएन / केन्द्रीय नेताहरुले विवरण नै बुझाएनन् / सुशासन र आर्थिक पारदर्शीताको उपहास ।

* सत्ता र शक्ति संघर्षको दाउपेचले जसपाको आन्तरिक कलह उत्कर्षमा / अध्यक्ष यादव पछि नहटे पार्टी नै फुटाउने भट्टराई समूहको रणनीति / मन्त्री हेरफेरको निर्णय कार्यान्वयन नहुँदा एकीकृत समाजवादीको नेतृत्व अप्ठ्यारोमा । 

* स्थानीय सरकारको बजेट भोलि / १० खर्ब हाराहारीको बजेटमा कृषि,पूर्वाधार,रोजगारी र शिक्षा प्राथमिकतामा / बजेट परिचालन र विकास खर्च गर्न नसक्नु चुनौती ।

* अफगानिस्तानको भूकम्पमा परि मृत्यु हुने मध्ये अधिकांश बालबालिका / भौगोलिक विकटताका कारण उद्धारमा कठिनाई / तालिबान सरकारद्वारा सहायताको अपिल ।

* एसीसी महिला टि-ट्वेन्टी च्याम्यिनसिपको सेमिफाइनलमा भोलि नेपालले युएईको सामना गर्ने / जित्नेलाई पहिलो पटक एसिया कप खेल्ने अवसर ।