Kantipur Samachar | कान्तिपुर समाचार, ०१ माघ २०७८

माघ १, २०७८
 Kantipur Samachar | कान्तिपुर समाचार, ०१ माघ २०७८

आजको मुख्य समाचार -

*  एक सातामा कोभिड संक्रमण दर पाँच गुणाले बढ्यो/ मेला- महोत्सव नरोकिँदा संक्रमण तीव्र/ सरकारी निकायबीचमै समन्वय अभावले स्थिति जटिलता उन्मुख । 

  

* स्थानीय तह निर्वाचनलाई लिएर दलहरुका आ-आफ्नै स्वार्थ/ कानूनी अस्पष्टता देखाएर आयोगद्वारा प्रस्तावित मिति टार्ने सत्ता गठबन्धनको रणनीति/ एमाले भने वैशाखमै चुनाव गर्नुपर्ने अडानमा ।

*  ओमिक्रोन लहरले वैदेशिक रोजगारीका क्षेत्रमा पुनः संकटको त्रास/ ६ महिनामा ३ लाखभन्दा बढी श्रमिकको माग आए पनि भर्ना प्रक्रिया रोकिन थाल्यो । 

*  पाँच वर्षमा वीरगञ्जलाई आर्थिक केन्द्र बनाउने महानगर प्रमुख सरावगीको प्रतिवद्धता पुरा भएन/ चुनावी वाचा नारामै सिमित/ परिवर्तनको अनुभूति नभएको नगरबासीको गुनासो । 

*  ए डिभिजन फुटबल लिगको जारी सिजनमा संकटाको अपराजित यात्रामा पूर्णविराम/ थ्री स्टार एक-शून्यले विजयी/ आर्मीले फ्रेण्ड्सलाई हरायो ।