टाइमको १०० प्रभावशाली व्यक्तिमा भारतकी रेस्लर साक्षी मल्लिक

वैशाख ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
टाइमको १०० प्रभावशाली व्यक्तिमा भारतकी रेस्लर साक्षी मल्लिक

काठमाडौं । टाइम म्यागजिनले छानेका १०० प्रभावशाली व्यक्तिको सूचीमा भारतकी रेस्लर साक्षी मल्लिक पनि परेकी छिन् । ३१ वर्षीय साक्षी भारतका लागि ओलम्पिकमा पदक जित्ने पहिलो महिला कुस्ती खेलाडी हुन् । खेलमा मात्रै होइन् अन्यायविरुद्ध पनि डटेर लड्ने गरेकी छिन् । साक्षीले महिला खेलाडीमाथि भएको यौन दुर्व्यवहारकाविरुद्ध पनि खुलेर बोलेकी थिइन् । 

सन् २०२३ मा उनी र उनको समूहले भारतीय कुस्ती महासंघका प्रमुख तथा सत्तारुढ दलका शक्तिशाली सांसद बृजभूषण सिंहले महिला खेलाडीलाई यौन दुर्व्यवहार गरेको भन्दै विरोध जनाएका थिए । सांसद सिंहको राजीनामा माग गरेका थिए ।

महिला खेलाडीहरुको विरोधको आवाजमा देशभरबाट मात्रै नभइ विश्वभरबाटै समर्थन भएको थियो । महिला खेलाडीको विरोधपछि सांसद सिंहमाथि यौन उत्पीडन, पिछा र धम्कीको चार्ज लगाइएको थियो । सिंहले भने उक्त आरोप अस्वीकार गरेका थिए ।

सिंहका एक निकट सहयोगी र व्यापार साझेदार भारतीय कुस्ती महासंघको निरीक्षण गर्न चुनिएको केही समयपछि साक्षीले खेल छाडिन् । तर, उनले लडाइँ छाडिनन् । साक्षीसँगै टाइमको प्रभावशाली व्यक्तिमा भारतीय अभिनेत्री आलिया भट्टलगायत अन्य भारतीय व्यक्ति पनि परेका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement