गाजामा भोकमरीको अवस्था, थप सहायताका लागि उत्तरी नाका खोल्न विश्व स्वास्थ्य संगठनको आग्रह

वैशाख १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
गाजामा भोकमरीको अवस्था, थप सहायताका लागि उत्तरी नाका खोल्न विश्व स्वास्थ्य संगठनको आग्रह

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा मानव निर्मित अनिकाललाई रोक्न केही मात्रामा सुधार देखिए पनि उक्त क्षेत्रमा थप सहयता अत्यन्तै आवश्यक रहेको बताएका छन् ।

गाजामा सुरक्षित, द्रुत र निर्बाध सहायता पहुँचका लागि उनले उत्तरी गाजामा प्रवेश गर्ने दुई नाकालाई पूर्ण सञ्चालनको अनुमति दिन इजरायलसँग आग्रह गरेका छन् ।

मार्चमा राष्ट्रसंघले गाजामा मे महिनामा अनिकाल सुरु भएर जुनसम्ममा गाजाभरि नै फैलिन सक्ने भन्दै प्रतिवेदन सार्वजनिक गरेको थियो । सोही प्रतिवेदनका आधारमा महासचिव गुटेरेसले पूर्ण रुपमा अनिकाललाई परास्त गर्न सक्दो सम्भव प्रयास गर्नुपर्नेमा उनको जोड थियो ।

उत्तरी गाजामा भोकमरीका कारण थुप्रै बालबालिका कुपोषणको सिकार भएको र बिरामी बालबालिका आपाङ्ग भइरहेको विषयमा चिन्ता व्यक्त गर्दै मानव निर्मित अनिकाललाई रोक्न हरसम्भव प्रयास अहिलेको आवश्यकता रहेको बताए । उनले इजरायलले गाजाको रफाहमा निरन्तर गरिरहेको आक्रमण रोक्न समेत आग्रह गरेका छन् । 

यसैबीच, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बुधाबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग गाजामा सहायता पहुँचका विषयमा छलफल गर्ने बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री नेतन्याहूलाई सहायता पहुँचमा सुधार गर्न सुझाएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.