स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन नेपालमा

चैत्र २६, २०८० |कान्तिपुर टीभी संवाददाता
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन नेपालमा

काठमाडौं । नेपालमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन हुने भएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‌ले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी यही चैत २८, २९ र ३० गते शिखर सम्मेलन गर्न लागेको जानकारी गराएको हो ।

दिगो विकास लक्ष्य हासिल हुनेगरी स्वास्थ्य क्षेत्रको रणनीतिक योजनालाई अझै प्रभावकारी बनाउन आवश्यक धारणा तय गर्न सम्मेलन आयोजना गरिएको परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले जानकारी दिए । सम्मेलनले स्वास्थ्य क्षेत्र रणनीतिक योजनामा टेवा पुर्‍याउने उनले विश्वास व्यक्त गरे ।

‘दिगो विकास लक्ष्य हासिल गर्न हामीले नाराहरु बनाएर त्यसैअनुसार सहभागीहरु प्रस्तुत हुने र त्यसले नेपालको स्वास्थ्य क्षेत्रमा एउटा पोलिसीका लागि निष्कर्षहरु निकालेर भोलिको दिनमा त्यो कुरा स्वास्थ्य मन्त्रालयमा पेस गरेर स्वास्थ्य क्षेत्र रणनीतिक योजनामा अझ टेवा पुगेर सो शिखर सम्मेलन हुँदै छ,’ उनले भने ।

राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने सम्मेलनमा देश-विदेशबाट गरी करिब एक हजारभन्दा बढी स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानकर्ता तथा अध्येता सहभागिता रहने परिषद्‌ले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement