अब कान्तिपुर टेलिभिजनमा ‘कमेडी च्याम्पियन’

माघ १०, २०८० |कान्तिपुर टीभी संवाददाता
अब कान्तिपुर टेलिभिजनमा ‘कमेडी च्याम्पियन’

काठमाडौं । स्ट्यान्ड अप कमेडी शो ‘कमेडी च्याम्पियन’को तेस्रो संस्करण घोषणा भएको छ । आगामी फागुन ३ गतेदेखि कान्तिपुर टेलिभिजनमा कार्यक्रम प्रसारण हुने भएको हो ।

थ्री प्रोडक्सनको प्रस्तुति रहने यो संस्करणलाई अझै उत्कृष्ट बनाइने निर्देशक विशाल भण्डारीले जनाएका छन् । सिजन एक र दुईलाई सबैले मन पराइदिएको उनको भनाइ छ । कान्तिपुर टेलिभिजन नेटवर्कका सीईओ शिशिर पछाईंले कार्यक्रमको यो संस्करणले भरपूर मनोरञ्जन दिनेमा आफूहरु विश्वस्त रहेको बताए ।

होटेल याक एन्ड यतीमा आज भएको कार्यक्रमा एडी रिलिज ग्रुपका अध्यक्ष हरिशरण सुबेदी र कान्तिपुर टेलिभिजनका सीईओ पछाईंबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्य र एडी रिलिजबीच कार्यक्रमको पावर्ड बाई क्याटेगोरीमा सम्झौता भएको छ ।

आईएमई लाइफ इन्स्योरेन्सका सीईओ कवि फुयाल र एडी रिलिजबीच पनि पावर्ड बाई क्याटेगोरीमा प्रवर्द्धन गर्ने सम्झौता भएको छ । यसैगरी सपोर्टेड बाई क्याटेगोरीमा केडिया अर्गनाइजेसनका हेड कर्पोरेट ब्रान्डिङ राजकुमार शाह र एडी रिलिजबीच पनि सम्झौता भएको छ ।

पेन्ट्स पार्टनरमा महालक्ष्मी पेन्ट्ससँग सम्झौता भएको छ । स्किन केयर पार्टनरमा जोय पपया सनका कन्ट्री मेनेजर मदन रौनियार र एडी रिलिजबीच हस्ताक्षर भएको छ । फुटवेयर पार्टनरमा गोल्डस्टार सुजका हेड मार्केटिङ एन्ड सेल्स, इरज श्रेष्ठ र एडी रिलिजबीच सम्झौता भएको छ ।

यसैगरी एसोसिएट पार्टनरसिपमा दुगड ग्रुपका हेड मार्केटिङ एन्ड ब्रान्डिङ उपेन्द्र सिग्देल र रिलिजबीच सम्झौता भएको छ । हेयरकेयर पार्टनरमा श्रीकेश हेयर ओइलका प्रबन्ध निर्देशक टीका बुढाथोकी र रिलिजबीच पनि आजै सम्झौता भएको छ । विभिन्न क्याटेगोरीमा कमेडी च्याम्पियन सिजन ३ मा व्यावसायिक साझेदारी गर्ने सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

कार्यक्रम अध्यक्ष सुवेदीले बजारमा राम्रो टेलिभिजन कार्याक्रम ल्याएको र सहकार्य गर्ने ब्रान्डका प्रतिनिधिलाई धन्यवाद दिएका थिए । उनले सहकार्य निरन्तर रहेकामा आभार व्यक्त गरे । कार्यक्रममा थ्री प्रोडक्सनका प्रबन्ध निर्देशक विशाल भण्डारीले कार्यक्रम विगतभन्दा भव्य हुने दाबी गरे । उनले एक्स्पर्ट एडुकेसन एन्ड भिसा सर्भिसेजका प्रतिनिधि, भोटिङ पार्टनर खल्तीका सीएमओ अभिनाश गुप्ता, डिभान युनिसेक्स सलुनकी प्रबन्ध निर्देशक सगुन पाण्डे, वार्डरोब पार्टनर त्रिशूलका प्रबन्ध निर्देशक राजन कंशाकारबीच पनि सम्झौतामा हस्ताक्षर भएको छ ।

कार्यक्रममा कान्तिपुर टेलिभिजनका सीईओ पछाईंले कान्तिपुरले कार्यक्रम प्रवर्द्धनका दौरान स्तरीयतामा ध्यान दिँदै विज्ञापनदातालाई ढुक्क हुन आग्रह गरे । विगतका सिजनको लोकप्रियता र विवादबारे पत्रकारको जिज्ञासामा टेलिभिजनका कार्यक्रम प्रमुख सुरजसिंह ठकुरीले उत्पादन टिमप्रति आफ्नो विश्वास रहेको र समुदाय, परिवार र धर्म, वर्ग, लिंगका आधारमा विभेद हुने कन्टेन्टमा आफू सिरियस भएको बताए । उनले परिवारसँगै बसेर हेर्न सकिने समाजलाई पाच्य हुने विषयबस्तु कार्यक्रममा आउने विश्वास व्यक्त गरे ।

‘कमेडी च्याम्पियन’को तेस्रो संस्करण ३३ एपिसोडको हुनेछ । शोको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ भने भोटिङ सहकार्य खल्तीसँग गरिएको छ ।

शोमा निर्णायकका रुपमा प्रदीप भट्टराई, सन्तोष पन्त, रिचा शर्मा र मनोज गजुरेल नै दोहोरिनेछन् । कार्यक्रम प्रस्तोतामा पनि रिमा विश्वकर्मालाई मेक्सम गौंडेलले नै साथ दिनेछन् । ‘मेरो हाँसो स्क्रिप्टेड हुँदैन, म अरुजस्तो जबरजस्ती हाँस्दिनँ,’ पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा निर्णायक पन्तको जवाफ थियो ।

यो सिजनका विजेताले नगद २५ लाख रुपैयाँ तथा सोहीबराबरको गाडी जित्नेछन् । टेलिभिजनको प्रशारण सकिनेबित्तिकै ओएसआर रियालिटीमा यो कार्यक्रम हेर्न सकिनेछ । डिजिटल अडिसनबाट हजारौं आवेदकमध्ये १३२ जनालाई प्री-जजिङका लागि बोलाएर तीमध्ये ७६ जनालाई फिजिकल अडिसन राउन्डमा बोलाइएको थियो ।

पहिलो सिजनमा हिमेश पन्त, सुमन कार्कीलगायत दलेदाइको उत्कृष्ट प्रस्तुतिबाट सबको मनमस्तिष्कमा राज गर्न सफल भएको कार्यक्रमले दोस्रो सिजनमा भरतमणिको ‘पारस’ र ‘घरबेटी’ तथा सन्तोष थापाको ‘नेपाली टिचर’ र बिक्की अग्रवालको ‘पान्टोमाइम’ले कार्यक्रमलाई यादगार बनाएको आयोजकको दाबी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement