काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र बिस्तारै सुधार हुने संकेत देखिएको बताउनुभएको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले आज काठमाडौंमा गरेको कार्यक्रममा गभर्नर अधिकारीले अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक हुँदै गएको दाबी गर्नुभयो ।
उहाँले लेखा परीक्षण व्यवसायीको कामले निजी क्षेत्र र राज्यका निकायलाई पारदर्शी बनाउन मद्दत पुग्ने पनि बताउनुभयो ।