भक्तपुरको साँगामा भारतको आईटीसी ग्रुपद्वारा फर्च्युन रिसोर्ट सञ्चालनमा

वैशाख १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
भक्तपुरको साँगामा भारतको आईटीसी ग्रुपद्वारा फर्च्युन रिसोर्ट सञ्चालनमा

भक्तपुर । भक्तपुरको साँगामा भारतको आईटीसी ग्रुपले फर्च्युन रिसोर्ट एन्ड वेलनेस स्पा चेन होटेल सञ्चालनमा ल्याएको छ । 

आईटीसीले भारतका ५५ सहरका ६५ स्थानमा होटेल सञ्चालन गरेको छ । भक्तपुरमा सञ्चालनमा ल्याइएको रिसोर्ट फर्च्युनको पहिलो अन्तर्राष्ट्रिय शाखा हो । भक्तपुरसँगै अब फर्च्युनका ६६ रिसोर्टमा ६ हजार वटा कोठा सञ्चालनमा आएको व्यवस्थापक समीर एमसीले जानकारी दिनुभयो । 

उद्योगी कमल जैनले रिसोर्टमा स्पा, रिल्याक्सिङ ट्रिटमेन्ट रुम, थेरापी रुप, सौना, स्टिम रुम, जिम, स्विमिङ पुल, प्राकृतिक चिकित्सा र पंचकर्म उपचार सेवा पाइने बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.