आईपीएलमा रोयल च्यालेन्जर्स बेङगलुरुको ६ खेलदेखिको जितविहीन यात्रामा पूर्णविराम

सनराइजर्स हैदराबाद ३५ रनले पराजित
वैशाख १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईपीएलमा रोयल च्यालेन्जर्स बेङगलुरुको ६ खेलदेखिको जितविहीन यात्रामा पूर्णविराम

काठमाडौं । इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले सनराइजर्स हैदराबादलाई ३५ रनले पराजित गरेको छ । विराट कोहली र रजत पाटीदारले अर्धशतक बनाएपछि  बेङ्गलुरुले लगातार ६ खेलको हारमा ब्रेक लगाएको हो ।

हैदराबादस्थित राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर ब्याटिङ गरेको बेङ्गलुरुले २० ओभरमा सात विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो । कोहली र कप्तान फाप डु प्लेसिसले ४८ रनको ओपनिङ साझेदारी गरेका थिए । फाप डु २५ रनमा नटराजनको बलमा आउट भए । उनको स्थानमा आएका विल ज्याक्स भने मात्र ६ रनमा मैदानबाट बाहिरिए  ।

रजतले आक्रमक ब्याटिङ गर्दै २० रनमा ५० रन जोडेपछि बेङ्गलुरु सम्हालियो । कोहलीले ४३ बलमा ५१ रनको इनिङस खेले । क्यामरुन ग्रिन ३७ रनमा अविजित रहे । जयदेव उनाद कटले तीन र नटराजनले २ विकेट लिए । जवाफमा हैदराबादले ८ विकेटको नोक्सानीमा १ सय ७१ रन मात्र बनाउन सक्यो । ट्राभिस हेड १, अभिषेक शर्मा ३१ र ऐइडेन माक्रम ७ रनमा पवेलियन फर्किए । 

हेनरिच क्लासेनले पनि ७ रन मात्र बनाउन सके । कप्तान प्याट कमिन्सले ३१ र साहबाज अहमदले अविजित ४० रन बनाएपनि जीतका लागि पर्याप्त भएन । स्वप्निल सिंह, कर्ण शर्मा र क्यानरुनले दुइ दुइ विकेट हात पारे । बेङ्गलुरुको ९ खेलमा यो केवल दोस्रो जीत हो । हैदराबाद यसअघि लगातार चार खेलमा अपराजित थियो । 

आठ खेलबाट १० अंक जोडेको हैदराबाद तालिकाको तेस्रो र बेङ्गलुरुलेअन्तिम स्थानमा छ । आइपिएलमा आज सांझ पौने आठ बजे पंजाब किङ्गस र कोलकत्ता नाइट राइडर्स बीच खेल हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.