नवीन सुब्बाको चलचित्र 'गाउँ आएको बाटो' जेठ २५ देखि हलमा

वैशाख २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
नवीन सुब्बाको चलचित्र 'गाउँ आएको बाटो' जेठ २५ देखि हलमा

काठमाडौं । निर्देशक नवीन सुब्बाको चलचित्र 'गाउँ आएको बाटो' जेठ २५ गतेदेखि प्रदर्शन हुने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चलचित्रको 'टिजर'सँगै प्रदर्शनीको मिति सार्वजनिक गरिएको हो । किराँत-राई समुदायको पृष्ठभूमिमा बनेको यस चलचित्रमा गाउँमा मोटरबाटो आएपछि बाबुछोराको सम्बन्धमा आउने उत्तारचढावलाई देखाइएको छ । 

निर्देशक सुब्बाले नेपाली समाजमा सन्तान हुर्काउन बुबाले गरेको संघर्ष यस चलचित्रमा देख्न सकिने बताउनु भयो । कार्यक्रममा अभिनेता दयाहाङ राईले चलचित्रमा गाउँमा बाटो आएपछिको समस्या, सम्बन्धमा मनमुटावका कथावस्तुलाई समेटिएको बताउनु भयो । त्यस्तै, गायक राजेशपायल राईले फिल्ममा आफू पनि जोडिन पाउँदा खुसी लागेको बताउनु भयो ।

चलचित्रमा दयाहाङ राई, प्रसन राई, प्रेम सुब्बा, राज थापा, केशव राई लगायतको अभिनय छ । अमोद राईले निर्माण गर्नुभएको चलचित्रको लेखन नवीन सुब्बा र महेश राईको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.