काभ्रे । धुलिखेल नगरपालिका वडा-९ काभ्रेभन्ज्याङमा भन्सार छली गरेर ल्याइएको कपडा बरामद गरिएको छ ।
काभ्रेभञ्ज्याङस्थित वीपी राजमार्ग सडकखण्डमा सवारी साधनहरु चेकजाँचका क्रममा प्रहरीले रामेछाप मन्थलीबाट काठमाडौं आउँदै गरेको बा१२च ५५८२ नम्बरको गाडीमा अवैध रुपमा ल्याइएको कपडाहरू बरामद गरेको हो ।
प्रहरीले सारी १ सय २, लेहङ्गा ४२ र पातलो जालीसहितको भित्री कपडा ४० थान रहेको जनाएको छ । उक्त कपडा काभ्रेभन्ज्याङ अस्थाइ प्रहरी पोस्टले बरामद गरेको हो ।