ईपीएल : चेल्सीद्वारा वेस्ट ह्याम पाँच-शून्यले पराजित

वैशाख २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
ईपीएल : चेल्सीद्वारा वेस्ट ह्याम पाँच-शून्यले पराजित

काठमाडौं । गएराति भएको प्रिमियर लिगको खेलमा चेल्सीले वेस्ट ह्यामलाई पाँच-शून्य गोलले पराजित गरेको छ । योसँगै चेल्सीको अर्को सिजनको युरोपा लिगमा स्थान बनाउने सम्भावना जीवितै बन्यो ।

चेल्सीलाई पहिलो गोल गर्न मात्र १५ मिनेट समय लागेको थियो । कोल पाल्मरले गोलको खाता खोलेका हुन् । स्टामर्फड ब्रिजमा पछिल्ला पाँच खेलमा पाल्मरको यो दसौँ गोल हो । लगत्तै वेस्टह्यामले बराबरी गोल फर्काउने मौका पाएको थियो । ज्यारोर्ड बवेनको हेडर क्रस बारमा लाग्यो । त्यसपछि भने खेल एकपक्षीय रह्यो । ३० औँ मिनेटमा कनर गालेगाले अग्रता दोब्बर बनाए । 

त्यसको ६ मिनेटपछि नोनी माडुएकेले वेस्टह्यामसँगको दूरी तीन-शून्यले बढाए । निकलस ज्याक्सले ४८ औँ मिनेटमा गोल गरेपछि पहिलो हाफमा चेल्सी चार-शून्यले अघि रह्यो । ८० औँ मिनेटमा ज्याक्सनले व्यक्तिगत गोल गरेपछि चेल्सीले फराकिलो जित हात पार्‍यो । 

चेल्सी ३५ खेलबाट ५४ अंक जोड्दै तालिकाको सातौं स्थानमा उक्लिएको छ । वेस्ट ह्याम ३६ खेलबाट ४९ अंकका साथ नवौँ स्थानमा यथावत् छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.