काठमाडौं । कुशल भुर्तेलले वेस्ट इन्डिज 'ए'को तेस्रो विकेट लिएका छन् ।
चौधौँ ओभरको दोस्रो बलमा केसी कार्टीलाई आउट गराएका हुन् । यसअघि भुर्तेलले दशौँ ओभरको अन्तिम बलमा जोनसन चाल्सलाई आउट गराएका थिए । त्यसअघि प्रतिश जिसीले दोस्रो ओभरको पहिलो बलमा एलिक एथान्जेलाई क्याच आउट गराएका थिए ।
१४ ओभरमा समाप्तिमा ३ विकेट गुमाएर वेस्ट इन्डिज ए ले १२८ रन बनाएर खेलिरहेको छ ।