योकोहामा एएफसी च्याम्पियन्स लिगको फाइनलमा

वैशाख १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
योकोहामा एएफसी च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं । जापानको योकोहामा एफ मारिनोस पहिलो पटक एफसी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । योकोहामाले दक्षिण कोरियाको उल्सान हुन्डाईलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै युनाइटेड अरब इमिरेट्सको अल ऐनसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

एक साता अघिदेखि सम्पन्न पहिलो लेगमा १-० ले पछि परेको अवस्थाबाट पुरागमन गर्दै दोस्रो लेगमा योकोहामा ३-२ को नतिजा निकाल्न सफल भयो । तर समग्रमा ३-३ को नतिजा निस्किएपछि खेल पानाल्टी सुटआउटमा धकेलिएको हो । खेलको अधिकांस समय १० खेलाडीमा सिमित भएपनि योकोहामा खेललाई टाइब्रेकरसम्म लम्ब्याउन सफल भएको हो ।

योकोहामा अन्तर्राष्ट्रिय रंगशालामा असाही उएनाकाले १३ औं मिनेटमा गाोल गर्दै योकोहामालाई सुरुवाती अग्रता दिलाए । त्यसको ८ मिनेट पछि एन्डरसन लोपेजले घरेलु टोलीका लागी दोस्रो गोल थपे । ३० औं मिनेटमा उएनाकाले ब्यक्तिगत दोस्रो गोल गरे । ३५ औं मिनेटमा उल्सानका म्याथ्युस सेल्सले गोल गर्दै दक्षिण कोरियाली टिमलाई खेलमा फर्काउने प्रयास गरे । तर ३९ औं मिनेटमा डिफेन्डर ताकुमी कामिजिमालाई सिधै रातो कार्ड देखाइएपछि योकोहामा १० खेलाडीमा सीमित हुन पुग्यो ।

ब्रेकको तीन मिनेटअघि दरिजन बोजानिकले गोल गर्दा समग्रमा खेल ३-३ को बराबरी अवस्थामा पुग्यो । त्यसपछि दुबै टिमबाट थप गोल हुन नसक्दा खेलको नतिजा पेनाल्टी सुटआउटबाट निर्धारण गरियो । योकोहामाका गोलरक्षकले उल्सानका पाँचौं खेलाडी किमको प्रहारलाई रोकेपछि जापनिज टोली पहिलो पटक एफसी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गर्‍यो ।

योकोहामा अब फाइनलमा यूएईको अल ऐनसँग भिड्ने छ । फाइनलका दुबै लेग क्रमस मे ११ र २५ मा खेलिने छन् । अल ऐनले साउदी अरेबियाको अल हिलालविरुद्ध समग्रमा ५-४ गोल अन्तरको जित दर्ता गर्दै फाइनलमा प्रवेश गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement