नेपालसँगको पाँच खेलको टी-ट्वेन्टी सिरिजका लागि वेस्टइन्डिजको टोली आइपुग्यो काठमाडौं

२०१६ मा विश्वकप जितेका तीन खेलाडी पनि टिममा
वैशाख १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपालसँगको पाँच खेलको टी-ट्वेन्टी सिरिजका लागि वेस्टइन्डिजको टोली आइपुग्यो काठमाडौं

काठमाडौं । पाँच खेलको टी-ट्वेन्टी सिरिजका लागि वेस्ट इन्डिजको 'ए' टोली नेपाल आइपुगेको छ। वेस्ट इन्डिजको टोली आज बिहान काठमाडौं आइपुगेको हो । वेस्ट इन्डिजको कुनै पनि टोली इतिहासमै पहिलो पटक नेपाल आएको हो ।

 वेस्ट इन्डिजले सन् २०१६ को टी-ट्वेन्टी विश्वकप जित्दा टिममा रहेका तीन खेलाडी यो टिममा छन्। वेस्टइन्डिजको टिमको कप्तानमा रोस्टन चेज र उपकप्तानमा एलिक एथानेज रहेका छन्।

त्यसैगरी टिममा फबिएन एलन, कदिप एलियन, जोसुवा विसोप, केसी कार्टी, जोसनस चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर माथ्यु फर्ड लगायत १४ उत्कृष्ट खेलाडी रहेका छन्। नेपालविरुद्ध खेल्न वेस्टइन्डिजले बलियो टोली पठाएको छ। विश्वकपअघि यो सिरिज दुवै टिमका लागि निकै महत्वपूर्ण मानिएको छ ।

वेस्टइन्डिजले मे १ अघि विश्वकप टोली घोषणा गर्ने छ । सिरिज आउँदो शनिबारदेखि बैशाख २२ गतेसम्म हुनेछ। नेपालले भने सिरिजका लागि टोली घोषणा गरेको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement