लरियस अवार्डअन्तर्गत पुरुष वर्ष खेलाडी बने सर्बियाका नोभाक

वैशाख ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
लरियस अवार्डअन्तर्गत पुरुष वर्ष खेलाडी बने सर्बियाका नोभाक

काठमाडौं । सर्बियाका नोभाक जोकोभिचले प्रतिष्ठित लरियस अवार्डअन्तर्गत पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन् । यो उनको पाँचौं लरियस अवार्ड हो । मड्रिडको ग्यालेरिया डे क्रिस्टालमा सम्पन्न समाहरोमा विश्व नम्बर १ जोकोभिचलाई सात पटकका सुपर बाउल च्याम्पियन टम ब्राडीले अवार्ड हस्तान्तरण गरे ।

गत वर्ष, जोकोभिचले आफ्नो १० औं अस्ट्रेलियन ओपन, तेस्रो रोलान्ड ग्यारोस र चौथो यूएस ओपन उपाधि जितेका थिए । हालसम्म २४ ग्रान्डस्लाम जितेका उनले सर्वाधिक ग्रान्डस्लाम एकल उपाधि जितेको कीर्तिमान बराबरी गरेका थिए ।

स्पेनकी विश्वकप विजेता मिडफिल्डर आइटाना बोनमाटीले महिला वर्ष खेलाडीको अवार्ड जितिन् । बोनमाटीले विश्वकपपछि फिफा द बेस्ट, बालोन दो र विश्वकप एमभीपीलगायत अन्य थुप्रै अवार्ड जितिसकेकी छन् ।

इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियाल मड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जिते । यस्तै टिम अफ द इयरको अवार्ड स्पेन महिला फुटबल टिमले जितेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement