एल क्लासिकोमा रियाल मड्रिडद्वारा बार्सिलोना पराजित

वैशाख १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
एल क्लासिकोमा रियाल मड्रिडद्वारा बार्सिलोना पराजित

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत रियाल मड्रिडले एल क्लासिकोमा चिर प्रतिद्वन्द्वी बार्सिलोनालाई पराजित गरेको छ ।

सान्टियागो बर्नाबेउमा रियालले बार्सिलोनालाई ३-२ गोलले पराजित गरेको हो । एल क्लासिकोमा दुई टोली ३ पटक आमने सामने हुँदा तिनै पटक रियालले बाजी मार्यो । 

आन्द्रेस क्रिस्टिएनसनले खेलको छैटौं मिनेटमा गोल गर्दै भ्रमण टोली बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । तर १८ औँ मिनेटमा भिनिसियस जुनियरले पेनाल्टीमा गोल फर्काएपछि पहिलो हाफ १-१ गोलको बराबरीमा सकियो । 

६९ औँ मिनेटमा फर्मिन लोपेजले गोल गर्दै पुनः बार्सिलोनलाई अग्रता दिलाए । त्यसको ४ मिनेटपछि नै लुकास भाज्क्‍वेजले रियालका लागि बराबरी गोल फर्काए । ९१ औँ मिनेटमा बेलिङह्यामले निर्णायक गोल गरे‍पछि रियालले ३-२ को जित हासिल गर्‍यो । जितपछि रियालले ला लिगाको शीर्ष स्थानमा ११ अङ्कको अग्रता बनाएको छ । 

अब लिगमा ६ खेल मात्र बाँकी छँदा रियालको ३२ खेलबाट ८१ अङ्क छ । दोस्रो स्थानमा रहेको बार्साको समान खेलबाट ७० अङ्क छ । गए रातिनै सम्पन्न अन्य खेलमा एट्लेटिको मड्रिड आलाभेससँग २-० ले पराजित भयो ।  

भिल्लारियालले अल्भेरियालाई २-१ ले हराउँदा गेटाफे र रियाल सोसिडाड १-१ गोलको बराबरीमा रोकिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement