म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा

कोभेन्ट्री सिटी टाईब्रेकरमा पराजित
उपाधिका लागि म्यानचेस्टर सिटीसँग भिड्ने
वैशाख १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा

काठमाडौं । कोभेन्ट्री सिटीलाई टाइब्रेकरमा हराउँदै म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा प्रवेश गरेको छ ।

युनाइटेडले पेनाल्टी सुटआउटमा कोभेन्ट्री सिटीलाई ४-३ ले पछि पार्यो । निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीले ३-३ गोल गरेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । ३ गोलले पछि परेको अवस्थाबाट सानदार पुनरागमन गर्दै कोभेन्ट्रीले खेल पेनाल्टी सुटआउटसम्म पुर्याए पनि टाइब्रेकरमा युनाइटेडले बाजी मार्यो ।

खेलको २३ औं मिनेटमा स्कट मक्टोमीनेको गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा ह्यारी मग्वायरले गोल गरेपछि युनाइटेड २-० ले अघि बढ्यो । ५८ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गरेपछि युनाइटेडको अग्रता ३-० बनायो । त्यसपछि भने युनाइटेडले लगातार ३ गोल बेहोर्यो ।

७१ औं मिनेटमा एलिस सिम्सले कोभेन्ट्रीका लागि पहिलो गोल गरे । त्यसको ८ मिनेटपछि क्यालम ओ हारेले दोस्रो गोल थपे । दोस्रो हाफको स्टपेज टाइममा हाजी राइटले पेनाल्टी मार्फत गोल गरेपछि खेल टाईब्रेकरमा धकेलियो । एरन वान बिस्साकाले ह्यान्डबल गरेपछि कोभेन्ट्रीले पेनाल्टीको अवसर पाएको थियो ।

युनाइटेडका कासेमिरोको पेनाल्टी कोभेन्ट्रीका गोल रक्षक ब्राड्ली कोलिन्सले बचाए पनि त्यसपछि भने युनाइटेडका अन्य खेलाडीले गल्ती गरेनन् । त्यसपछि कोभेन्ट्रीका क्यालम ओ हारे र आन्द्रेओनाना चुकेपछि युनाइटेड फाइनलमा प्रवेश गर्यो । अब युनाइटेडले उपाधिका लागि साविक विजेता म्यानचेस्टर सिटीको सामना गर्नेछ ।

गत सिजन पनि यी दुवै टोलीले फाइनल खेलेका थिए । सिटीले शनिबार पहिलो सेमिफाइनलमा चेल्सीमाथि १-० को जित हात पार्दै फाइनलमा स्थान बनाएको थियो । फाइनल खेल मे २५ मा वेम्बली स्टेडियममा हुने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement