गणेशमान सिंह राष्ट्रिय टी-ट्वेन्टी : कर्णाली प्रदेशको सहज जित

मधेश प्रदेश ६ विकेटले पराजित
वैशाख ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
गणेशमान सिंह राष्ट्रिय टी-ट्वेन्टी : कर्णाली प्रदेशको सहज जित

काठमाडौं । वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वेन्टी च्याम्पियनसिपमा कर्णाली प्रदेशले सहज जित हात पारेको छ । प्रतियोगितामा दोस्रो जित दर्ता गर्ने क्रममा कर्णालीले मधेश प्रदेशलाई ६ विकेटले पराजित गर्‍यो ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो । मधेशका मयन यादवले सर्वाधिक ३६ रनको योगदान दिए । विशाल पटेलले आक्रामक ब्याटिङ गर्दै १९ बलमा अविजित ३२ रन बनाए ।

मधेशलाई सामान्य योगफलमा रोक्न कर्णालीका युनिष ठकुरीले ४ ओभरमा १३ रन खर्चिएर २ विकेट लिए ।

जवाफमा १२१ रनको सामान्य लक्ष्य कर्णाली प्रदेशले १५ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । कर्णालीको जितमा विपिन रावलले सर्वाधिक ४१ रनको योगदान गरे । हिमांशु शाही ३२ रनमा अविजित रहे ।

मधेशका प्रदीप पासवान र अभिषेक तिवारीले २-२ विकेट लिए । ३ खेलमा २ जितसहित ४ अंक जोडेको कर्णाली तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । सुरुवाती दुई खेल जिते पनि त्यसपछि लगातार २ हार बेहोरेको मधेश ४ अंकसहित चौथो स्थानमा छ ।

आजै सम्पन्न अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशविरुद्ध ३ रनको रोमाञ्चक जित हात पार्‍यो । प्रतियोगितमा भोलि (सोमबार) गण्डकी र कर्णाली तथा बागमती र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement