एसीसी प्रिमियर कप : नेपालले तेस्रो स्थान पनि गुमायो, हङकङ ४ विकेटले विजयी

वैशाख ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
एसीसी प्रिमियर कप : नेपालले तेस्रो स्थान पनि गुमायो, हङकङ ४ विकेटले विजयी

काठमाडौं । एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पराजित भएको छ । नेपाललाई हङकङ चार विकेटले पराजित गर्दै तेस्रो स्थान सुरक्षित गर्‍यो । ओमानको अल अमरेत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रनको योगफल तयार गरेको थियो । 

१ सय ४० रनको लक्ष्य पच्छ्याएको हङकङले ३ बल बाँकी रहँदा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । हङकङका लागि अ‌न्सी राथले नटआउट ६५ रनको योगदान दिए । नेपालका लागि सोमपाल कामीले ३ र दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए ।

यसअघि पाँचौं ओभरमा ३ विकेट गुमाएर ३२ रनको कमजोर अवस्थामा पुगेको नेपाललाई दीपेन्द्रसिंह ऐरीले मध्यम स्कोरसम्म पुर्‍याउन ४४ रनको योगदान दिए । सन्दीप जोराले २२ र कप्तान रोहित पौडेलले २१ रन बनाए । यस्तै, सोमपाल कामी १२ र कुशल मल्लले ११ रन बनाए । नेपालका अन्य ब्याट्समेनले दोरहो अंक जोड्न सकेनन् । हङकङका लागि आयुश शुक्लाले सर्वाधिक ३ विकेट लिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement