पेरिस ओलम्पिक २०२४ : ओलम्पिक टर्च रिले सुरु

वैशाख ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
पेरिस ओलम्पिक २०२४ : ओलम्पिक टर्च रिले सुरु

काठमाडौं । पेरिस ओलम्पिक २०२४ को ओलम्पिक टर्च रिले सुरु भएको छ ।

ओलम्पिक दीप ग्रिसको राजधानी एथेन्सस्थित पुरातन एक्रोपोलिस पुर्याईएसँगै टर्च रिले सुरु भएको हो । अहिले ओलम्पिक टर्च एथेन्सस्थित पुरातन एक्रोपोलिस पुर्याइएको छ । हरेक संस्करणको ओलम्पिक अघि टर्चलाई प्राचीन ओलम्पिकको सुरुवात भएको एथेन्समा पुर्याउने प्रचलन छ ।

ओलम्पिक आयोजक फ्रान्सलाई हस्तान्तरण गर्नुभन्दा एक साताअघि उक्त दीप एक्रोपोलिसमा राखिएको हो । शुक्रबार राति एथेन्स पुर्याइएको दीप शनिबारसम्म त्यही राखिनेछ । शुक्रबार भारी वर्षाका बीच ग्रिसको शीर्ष पर्यटकीय गन्तव्यको केन्द्रमा रहेको २५ सय वर्ष पुरानो पार्थेनन् मन्दिरको अगाडि राखिएको थियो ।

पूर्वयुरोपेली चार सय मिटर हर्डल्स च्याम्पियन पेरिकल्स इयाकोभाकिसले मसाल जलाएपछि ओलम्पिक दीप प्रदर्शनी सुरु भएको हो । आज दिउँसो उक्त टर्चलाई ग्रिसको भोलोस सहरमा अवस्थित धार्मिक केन्द्र डेल्फीमा लगिनेछ ।

ओलम्पिक खेलको जन्मस्थलका रुपमा परिचित ओलम्पियामा उक्त टर्च मंगलबार प्रदर्शन गरिनेछ । उक्त टर्च आगमाी शुक्रबार मार्बल स्टेडियममा एक कार्यक्रमबीच फ्रान्सेली अधिकारीहरूलाई हस्तान्तण गर्ने तालिका छ । ओलम्पिक टर्च रिले ६८ दिनसम्म चल्नेछ र पेरिसमा जुलाई २६ मा ओलम्पिक दीप प्रज्वलन गरेर अन्त्य हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement