आईपीएलमा लखनउको चौथो जित

वैशाख ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईपीएलमा लखनउको चौथो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गए राति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराउँदै लखनउ सुपर जायन्ट्स विजयी भएको छ । हिजोको जितसँगै लखनउले ७ खेलबाट ४ जित निकाल्दै ८ अंक बनाएको छ । चेन्नईले दिएको १७६ रनको लक्ष्य १९ ओभरमा लखनउले २ विकेट गुमाएर पूरा गरेको थियो । लखनउका लागी कप्तान केएल राहुल र क्विन्टन डि ककले अर्धशतक बनाए । राहुलले सर्वाधिक ८२ रन बनाए। ५३ बल खेलेका उनले ९ चौका र ३ छक्का प्रहार गरे।

डि ककले ४३ बलमा ५ चौका र १ छक्कासहित ५४ रन बनाए। यस्तै निकोलस पूरनले २३ र मार्कस स्टोइनिसले ८ रन बनाए । चेन्नईका लागि मुस्ताफिजुर रहमान र मथिहा पाथिरानाले समान १-१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो।चेन्नईका लागि रविन्द्र जडेजा ५७, अजिंक्य रहाणे ३६, मोइन अली ३० र महेन्द्र सिंह धोनीले २८ रन बनाए । लखनउका क्रुणाल पाण्ड्याले २ विकेट लिए। मोहसिन खान, यश ठाकुर, रवि विश्वोई र मार्कस स्टोइनिसले समान १-१ विकेट लिए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement