काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले यूएईसँग टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । ओमनमा जारी खेलमा यूएईले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।
नेपाल समूह एको बिजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । यूएई भने समूह बीको उप बिजेताका रूपमा सेमिफाइनल पुगेको हो । नेपाल र यूएईबीचको खेल अहिले ११ : ४५ मा सुरु हुँदैछ ।
समूह चरणको पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रन तथा तेस्रो खेलमा हङकङलाई ८ विकेटले हराएको थियो ।
यस्तै समूहको अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको थियो । आजै हुने अर्को सेमिफाइनल खेलमा ओमन र हङकङ भिड्दैछन् । ओमन र हङकङबीचको खेल ४ : ४५ बाट सुरु हुनेछ ।