लुम्बिनी प्रदेश : १२ जिल्लाका ३९८ स्थानमा डढेलो

प्रभावकारी बनेन डढेलो नियन्त्रणका लागि सचेतना सप्ताह
वैशाख ६, २०८१ |माधव अर्याल
लुम्बिनी प्रदेश : १२ जिल्लाका ३९८ स्थानमा डढेलो

पाल्पा । हरेक वर्ष चैत पहिलो सातालाई डिभिजन वन कार्यालयहरुले डढेलो नियन्त्रणका लागि सचेतना सप्ताह मनाउने गरे पनि यो कार्यक्रम निष्प्रभावी देखिएको छ ।

लामो समय वर्षा नहुँदा बढेको खडेरीले डढेलो बढ्दै जाँदा लुम्बिनी प्रदेश सरकारको सचेतना कार्यक्रम प्रभावकारी नदेखिएको हो । पछिल्लो एक सातामा लुम्बिनी प्रदेशका १२ जिल्लामा ३९८ बढी स्थानमा डढेलो लागेको छ । लुम्बिनी प्रदेशमा अघिल्लो वर्षभन्दा यस वर्ष दोब्बरको संख्यामा डढेलो लागेको वन तथा भू-संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको तथ्यांकले जनाएको छ ।

डढेलो नियन्त्रणका लागि गरिएका लाखौं बजेट बालुवामा पानीजस्तै भएको छ । कोठे सेमिनार, बैठक, भेला, गोष्ठी, वनसँग सेलिब्रेटीजस्ता कार्यक्रममा अनावश्यक खर्च हुने गरेको छ ।

सामुदायिक वनका उपभोक्तालाई सचेतनाका साथै पर्याप्त उपकरण र सुरक्षा सामग्री दिनुपर्ने डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायण देव भट्टराईको सुझाव छ । प्रदेश सरकारले हरेक वर्ष ६० लाख बढी खर्चिएर गरिँदै आएको डढेलो सचेतना कार्यक्रम असफल देखिएको हो ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement