एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

वैशाख ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको जानकारी दिएको हो । दावालाई १९ वर्षअघि काठमाडौंको वनस्थलीबाट ५ ग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको थियो। त्यसको तीन वर्षपछि उनलाई पुनरावेदन अदालतले पाँच वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना सुनाएको थियो।

तर २०६४ साल यता उनी फरार थिए। अदालतको त्यही फैसला कार्यान्वयन गर्ने क्रममा उनी पक्राउ परेका हुन् । डेढ वर्ष अघि भएको एन्फाको चिर्वाचनबाट उनी उपाध्यक्षमा निर्वाचित भएका थिए । उनी अध्यक्ष पंकज विक्रम नेम्वाङको प्यानलबाट उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

पछिल्लो समय घटना बाहिर आएपछि उनी बैठकमा समेत उपस्थित हुन छोडेका थिए। तर केही महिनादेखि उनी सामाजिक सञ्जाल फेसबुकमा सक्रिय छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement