सभामुख घिमिरेसहितको टोली नेपाल फर्कियो

चैत्र १६, २०८० |कान्तिपुर टीभी संवाददाता
सभामुख घिमिरेसहितको टोली नेपाल फर्कियो

काठमाडौं । अन्तर–व्यवस्थापिका संघ (आइपीयू) को एक सय ४८ औँ महासभामा सहभागी भएर प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेतृत्वको १० सदस्यीय प्रतिनिधिमण्डल आज फर्किएको छ ।

चैत १० देखि १४ गतेसम्म संघको प्रधान कार्यालय जेनेभामा सञ्चालन भएको महासभामा सहभागी हुन सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल चैत ८ गते स्वीट्जरल्याण्ड गएको थियो । महासभामा सभमुख घिमिरेले ‘संसदीय कूटनीति, शान्ति र समझदारीको लागि सेतु निर्माण’ विषयमा संघीय संसद्का तर्फबाट सम्बोधन गरेका थिए ।

महासभामा सभामुख घिमिरेसहित संसदीय दलका प्रमुख सचेतकहरु नेपाली कांग्रेसका रमेश लेखक, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महेशकुमार बर्तौला, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार सहभागी थिए । यस्तै राष्ट्रियसभा सदस्य गंगाकुमारी बेलबासे, संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाईं र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई सहभागी थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement