संस्थागत विद्यालयका नाम नेपालीपन झल्कने गरी राख्न महानगरको निर्देशन

चैत्र १६, २०८० |कान्तिपुर टीभी संवाददाता
संस्थागत विद्यालयका नाम नेपालीपन झल्कने गरी राख्न महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयहरूको नाम नेपालीपन झल्कने गरी राख्न निर्देशन दिएको छ । महानगरले बिहीवार एक सूचना जारी गर्दै महानगरभित्रका सबै संस्थागत विद्यालयहरूलाई एक महिना भित्र आफ्नो नाम शिक्षा नियमावलीअनुसार राख्न निर्देशन दिएको हो ।

‘अधिकांश संस्थागत विद्यालयहरुको नाम नियमावलीमा भएको व्यवस्था बमोजिम भएको नदेखिएकाले नेपालीपन झल्कने नाम नभएका विद्यालयहरूले नियमावलीमा व्यवस्था भए बमोजिम विद्यालयको नामाकरण गर्नको लागि प्रक्रिया अघि बढाएर एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित यस विभागमा निवेदन पेश गर्नहुन अनुरोध छ,’ महानगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement