इलाम-२ मतगणना अपडेट : एमालेले लियो अग्रता, कांग्रेस ३ सय ४५ मतले पछि

वैशाख १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
इलाम-२ मतगणना अपडेट : एमालेले लियो अग्रता, कांग्रेस ३ सय ४५ मतले पछि

इलाम । इलाम-२ को उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो गणनाअनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता लिनु भएको छ । सुरुवातदेखि अगाडि रहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्का ३ सय ४५ मतले नेम्वाङभन्दा पछाडि पर्नु भएको छ । नेम्वाङको २५ सय ४२ मत आएको छ भने खड्काले २१ सय ९७ मत पाउनु भएको छ । 

फाकफोकथुम गाउँपालिकाका वडा नम्बर १,२ र ३ को मतगणना सकिँदा एमालले अग्रता बनाएको हो । अहिलेसम्म ५ हजार ७ सय ७८ मत गणना भइसकेको छ ।

यसैगरी, स्वतन्त्र उम्मेद्‍वार डेकेन्द्रसिंह थेगिमलाई ५ सय ९३ मत प्राप्त भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ३ सय ७९ मत पाउनु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.