बाचा पुरा नगर्ने उम्मेदवार फेरि भोट माग्न आएको भन्दै सिन्धुपाल्चोकका मतदाता रुष्ट

वैशाख २१, २०७९
बाचा पुरा नगर्ने उम्मेदवार फेरि भोट माग्न आएको भन्दै सिन्धुपाल्चोकका मतदाता रुष्ट

स्थानीय तहको निर्वाचन मिति नजिकिदै गर्दा घोषणा पत्र बोकेर गाउँ छिरेका दलको चुनावी मुद्धाप्रति मतदाता सन्तुष्ट छैनन् । विगतमा गरेका बाचा पुरा नगरेको भन्दै सिन्धुपाल्चोकका मतदाता रुष्ट बनेका हुन् ।  २०७४मा निर्वाचित भएका जनप्रतिनिधिले अहिलेसम्म सबै वडाका जनताको आधारभुत आवश्यकता जस्तै शिक्षा, स्वास्थ्य, उचित आवास र  खानेपानीको समस्यासमेत हल गर्न सकेका छैनन् । संविधानले दिएका मौलिक हक र सरकारबाट दिने सेवामा कत्ति पनि सुधार आउान नसकेको भन्दै  रुष्ट बनेका हुन् । घोषण पत्र र भाषणमा प्रतिवद्धता दिने तर व्यवहारमा पुरा नगर्ने र जनताको समस्यालाई सम्बोधन नहुने निर्वाचनले आफुहरूलाई कुनै अर्थ नराख्ने मतदाताहरु बताउछन् ।

चुनाव आएपछि भोट माग्ने बेलामा मात्र जनप्रतिनिधिले जनतालाई खोज्ने र बााकी समय आफै हराउने गरेको मतदाताको भनाई छ । जनताको मतको सम्मान गर्न जनताको घरदैलोमा बेलाबेलामा प्रतिनिधि पुगिरहनु पर्ने मतदाता बताउाछन् । 

प्रजातान्त्रिक अभ्यास जनताले आˆनो मताधिकार प्रयोग गरे पनि उनीहरूको मताधिकारको व्यवहारमा सदुपयोग हुन नसकेको उनीहरुको दुखेसो छ् । छिमेकी देश चीनसंग जोडिएको तातोपानी नाका सामान्य अवस्था फर्काउन जनप्रतिनिधि गतिलो पहल नगरेको र भौगिलोकि विकटता भएको नागरिकलाई दुख पर्दा नहेरेको चुनावमा मात्र गाउा पसेको भन्दै रुष्ट भएका हुन् ।