इजरायली सेनाको गुप्तचर विभागका प्रमुख मेजर हलिभाले दिए राजीनामा

वैशाख ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
इजरायली सेनाको गुप्तचर विभागका प्रमुख मेजर हलिभाले दिए राजीनामा

काठमाडौं । इजरायली सेनाको गुप्तचर विभागका प्रमुख मेजर जनरल अहारोन हलिभाले राजीनामा दिएका छन्। ७ अक्टोबरमा हमासको हमलालाई असफल बनाउन नसकेको भन्दै उनले आफ्नो पदबाट राजीनामा दिएका हुन्। इजरायल डिफेन्स फोर्सले सोमबार उनी आफ्नो जिम्मेवारीबाट पछि हटेको पुष्टि गरेको छ ।

आक्रमण असफल बनाउन नसकेको भन्दै पदबाट राजीनामा दिने उनी पहिलो वरिष्ठ अधिकारी रहेको बताइएको छ । सेनाले अहरोन हलिभाको राजीनामा स्वीकृत गरेको छ।

उनको राजीनामाको विषयमा भने निष्पक्ष छानबिन गरी निष्कर्ष निकाल्न पनि उनले आफैं बताएका छन् । साथै उनले आफ्नो काम नागरिकका रक्षाका लागि गरेको बताएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युद्धबाट पछि हट्ने आफूलगायत सम्पूर्ण व्यक्तिले जवाफ दिनुपर्ने बताएका छन् ।

७ अक्टोबरपछि इजरायको आक्रमणबाट गाजामा मृत्यु हुनेको संख्या ३४ हजार नाघेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement