चीनको गुआङडोङ प्रान्तमा आएको बाढीले जनजीवन प्रभावित, ४ जनाको मृत्यु

वैशाख ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
चीनको गुआङडोङ प्रान्तमा आएको बाढीले जनजीवन प्रभावित, ४ जनाको मृत्यु

काठमाडौं । चीनको गुआङडोङ प्रान्तमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । यस्तो बाढी ‘शताब्दीमा एक पटक मात्र’ आउने गरेको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।

दक्षिणी चीनमा आँधीबेहरीका कारणले अहिलेसम्म चार जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । करिब एक लाख १० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ । बाढीबाट डेल्टा नदीको सहायक नदी ‘बेई’को किनारमा रहेको सहरमा जोखिम बढेको बताइएको छ ।

वर्षाका कारण त्यहाँका कतिपय नदीहरुमा पानीको सतह बढेको र यसले बाढी निम्त्याएको बताइएको छ । फुजियान, गुइझोउ र गुआङ्सीलगायत छिमेकी प्रान्तहरू पनि ‘अल्पकालीन भारी वर्षा’ बाट प्रभावित हुने राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement