नेपालमा आधुनिक स्टुडियोको खाँचो छ : भुवन केसी

फाल्गुन १९, २०८० |कान्तिपुर टीभी संवाददाता
नेपालमा आधुनिक स्टुडियोको खाँचो छ : भुवन केसी

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा आधुनिक स्तरको स्टुडियो बनाउन आवश्यक रहेको बताएका छन् ।

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८० लार्इ सम्बोधन गर्दै केसीले नेपाल आफैंमा खुला स्टुडियो भए पनि सबै काम त्यसबाट पूरा नहुने बताए । उनले चलचित्र नीति पुरानो भएको र नयाँ ल्याउन पहल गरिरहेको पनि जानकारी दिए ।

कर्णाली चलचित्र निर्माणमा सम्भावना भएको प्रदेश हो । तर कर्णालीले त्यसको फाइदा लिन सकेको छैन । यो महोत्सवमा कर्णालीमा चलचित्रको अवसर, चुनौती, भएका प्रयास र अब गर्न सकिने कामबारे प्यानल बनाएर छलफल गर्ने कार्यतालिका रहेको आयोजक चक्रबहादुर चन्दले जनाए ।

महोत्सवको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गरेका थिए । उनले चलचित्र नीति आएकै दिन आधुनिक स्तरको स्टुडियो बनाउन पहल आश्वासनसमेत दिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement