काठमाडौं । इलाम-२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उप निर्वाचनको मत गणनामा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । अहिलेसम्मको मत गणनामा नेम्वाङ नेपाली कांग्रेसका डम्बर खड्काभन्दा ३ हजार ७ सय ५४ मतले अगाडि रहनुभएको छ ।
एमालेका नेम्वाङले ११ हजार ७८ मत ल्याउनुभएको छ भने कांग्रेसका खड्काले ७ हजार ३ सय २४ मत ल्याउनुभएको हो । यस्तै स्वतन्त्रका डेकेन्द्रसिंह थेगिमले ६ हजार ९ सय १ र रास्वपाका मिलन लिम्बुले १ हजार ५ सय १२ मत ल्याउनुभएको छ ।