काठमाडौं । बझाङ-१ को मतगणनामा एमालेका उम्मेदवार दनम भण्डारीलाई २ सय ५३ मतले पछि पार्दै कांग्रेसका अभिषेक सिंहले अग्रता कायमै राख्नुभएको छ ।
अहिलेसम्मको मतगणनामा कांग्रेसका सिंहले ८ हजार २ सय २७ मत ल्याउनुभएको छ भने एमालेका दमन भण्डारीले ७ हजार ९ सय ७४ मत ल्याउनुभएको छ ।
यस्तै माओवादी केन्द्रका जनक बुढाले ३ हजार ३३ मत ल्याउनुभएको छ भने एकीकृत समाजवादीकाका दिलबहादुर सिंहले २ हजार १ सय ७१ मत ल्याउनुभएको छ । मतगणना अहिले जारी छ ।