इलाम २ उपनिर्वाचन : सुहाङले ५ हजार ५४४ मत पाउँदा डम्बरबहादुरको ४ हजार ११२ मत, अरूको कति ?

वैशाख १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
इलाम २ उपनिर्वाचन : सुहाङले ५ हजार ५४४ मत पाउँदा डम्बरबहादुरको ४ हजार ११२ मत, अरूको कति ?

इलाम । इलाम २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । मत परिणामको पछिल्लो अपडेट अनुसार एमालेका सुहाङ नेम्वाङ नै सबैभन्दा अगाडि हुनुहुन्छ । उहाँले ५ हजार ५४४ मत ल्याउँदा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ४ हजार ११२ मत प्राप्त गर्नुभएको छ । 

उहाँहरूबीच १ हजार ४३२ मतको अन्तर छ । यस्तै अर्का प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिमले २ हजार १०२ ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ । रास्वपाका मिलन लिम्बुले भने ९ सय २६ मत मात्र पाउनु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.