इलाम-२ मतपरिणाम : सुहाङ नेम्वाङको ५०२७ मत, डम्बरबहादुर खड्काको ३७५९

वैशाख १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
इलाम-२ मतपरिणाम : सुहाङ नेम्वाङको ५०२७ मत, डम्बरबहादुर खड्काको ३७५९

इलाम । इलाम-२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मत परिणाम आउने क्रम जारी छ । पछिल्लो मत परिणामअनुसार त्यहाँ नेपाली कांग्रेसका उम्मेदवारलाई एमालेका उम्मेदवारले निरन्तर पछि पार्दै आएका छन् ।

मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५ हजार २७ मत ल्याउनु भएको छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ३ हजार ७५९ मत ल्याउन भएको छ । नेम्वाङ र खड्काबीच एक हजार २६८ मतको अन्तर छ ।

यस्तै स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेमिमले १ हजार ९९६ मत ल्याउँदा उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ७ सय ६० मतले पछ्याइरहनु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.