उपनिर्वाचन अपडेट : बझाङमा मत गणना सुरु

वैशाख १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
उपनिर्वाचन अपडेट : बझाङमा मत गणना सुरु

काठमाडौं । बझाङ प्रदेशसभा-१ मा मतगणना सुरु भएको छ । छविसपाथिभेरा गाउँपालिकाबाट मतगणना सुरु भएको हो ।   हिजो इलाम-२ र बझाङ प्रदेशसभा-१ मा उपनिर्वाचनका लागि मतदान भएको थियो । 

अहिले सर्वदलीय बैठक बसेर बझाङमा मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । बझाङमा ५० प्रतिशत अर्थात् ३० हजार ३२८ मत खसेको निर्वाचन आयोगले जनाएको छ । इलाम-२ मा भने बिहानबाटै मत गणना सुरु भएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.