एसईईमा उत्तीर्ण हुन ३५ प्रतिशत अंक ल्याउनै पर्ने

पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी
चैत्र १५, २०८० |कान्तिपुर टीभी संवाददाता
एसईईमा उत्तीर्ण हुन ३५ प्रतिशत अंक ल्याउनै पर्ने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (बिहीबार) सुरु भएको छ । पहिलो दिन आज विद्यार्थीले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन् ।

परीक्षामा देशभरबाट १० हजार आठ सय ६ विद्यालयबाट पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी छन् । यसपालि जापानमा गैरआवासीय नेपालीहरुले सन्चालन गरेको एउटा विद्यालयबाट २३ नेपाली विद्यार्थी पनि परीक्षामा सहभागी छन् ।

परीक्षाका लागि देशभर १० हजार ६४ परीक्षा केन्द्र तय गरिएको छ भने केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी गरी ७७ हजार जनशक्ति परिचालन गरिएको । २० वटा विषयमा परीक्षा सञ्चालन हुनेछ । विद्यार्थीले मर्यादित र सहज रुपमा परीक्षा दिएको भक्तपुरको सानो ठिमीस्थित एसओएस केन्द्रकी केन्द्राध्यक्ष रञ्जना बजगाईंले जानकारी दिइन् ।

परीक्षा बोर्डले यसपालि नयाँ पाठ्यक्रमअनुसार परीक्षा लिएको हो । यसअनुसार उत्तीर्ण हुन न्यूनतम अंक ल्याउनुपर्छ । ७५ पूर्णांकको सैद्धान्तिक परीक्षामा कम्तीमा ३५ प्रतिशत अर्थात् २७ अंक ल्याउनुपर्ने प्रावधान राखिएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

परीक्षा बोर्डले परीक्षालाई स्वच्छ, व्यवस्थित र भयरहित वातावरणमा सञ्चालन गर्न र निर्धक्क रुपमा परीक्षा दिन आग्रह गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement