डडेल्धुरामा डढेलोमा परेर एक जनाको मृत्यु

वैशाख १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
डडेल्धुरामा डढेलोमा परेर एक जनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

डडेल्धुरा । डडेल्धुरामा डढेलोमा परेर एक जनाको मृत्यु भएको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिका-३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको डढेलोमा परेर मृत्यु भएको हो ।

आफ्नै खेतबारीमा घेराबारा गर्नका लागि झिक्रा काट्ने क्रममा शुक्रबार साँझ  उहाँ जंगलमा लागेको डढेलोमा पर्नुभएको थियो । चुनाराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.