गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिँदा संविधान मिचिएको भन्दै न्याय खोज्ने कांग्रेसको निर्णय

सहकारी ठगी प्रकरणमा गृहमन्त्रीमाथि छानबिन हुनुपर्ने अडान कायमै
वैशाख २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिँदा संविधान मिचिएको भन्दै न्याय खोज्ने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदा संविधानको अपव्याख्या गरिएको ठहर गर्दै असंवैधानिक कदमविरुद्ध न्याय खोज्ने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले असंवैधानिक कदमविरुद्ध कानुनी उपचार खोज्ने निर्णय गरेको हो ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीमाथि छानविन हुनुपर्नेमा पार्टीको अडान कायमै राख्ने पनि निर्णय गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.