कञ्चनपुर । कञ्चनपुरमा बाघको आक्रमणबाट एकजना घाइते भएका छन् ।
शुक्लाफाँटा नगरपालिका ८, पारिफाँटा बस्ने २६ वर्षीय रवीन्द्रसिंह धामीलाई शुक्रबार बिहान बाघले आक्रमण गरेको हो । घरनजिकै रहेको भगवती सामुदायिक वनमा बाख्राका लागि स्याउला काटिरहेको अवस्थामा बाघले धामीलाई आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ ।
वन कार्यालयले भने चितुवाले आक्रमण गरेको हुन सक्ने अनुमान गरेको छ । सामान्य घाइते धामीलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको कञ्चनपुर प्रहरीले जनाएको छ ।