युक्रेनमा नेटो सेना पठाउनु खतरनाक हुने रुसको चेतावनी

पश्चिमाले युक्रेनलाई सहयोग बन्द गरे युद्ध दुई सातामै समाप्त हुने रुसको भनाइ
वैशाख २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
युक्रेनमा नेटो सेना पठाउनु खतरनाक हुने रुसको चेतावनी

काठमाडौं । रुसले युक्रेनमा नेटो सेना पठाउनु सम्भावित रूपमा अत्यन्तै खतरनाक हुने भन्दै चेतावनी दिएको छ । रुसले युक्रेनमा नेटो सेना पठाउने युक्रेनी निवेदनलाई नजिकबाट हेरिरहेको र यसको परिणाम अतयन्तै खतरनाक हुने भन्दै प्रस्ट पारेको छ ।

युक्रेनी राष्ट्रपतिको वेबसाइटमा पोष्ट गरिएको निवेदनमा युक्रेनले अमेरिका, बेलायत र अन्य देशहरूलाई रुसको आक्रमणलाई पन्छाउन मद्दत गर्न सेना पठाउन आग्रह गरेपछि क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले हिजो नियमित प्रेस ब्रिफिङमा यस्तो चेतावनी दिएका हुन् ।

नेटोले युक्रेनलाई ट्यांक र लामो दूरीका क्षेप्यास्त्रसहित बढ्दो शक्तिशाली हतियारहरू उपलब्ध गराएर युद्धमा समर्थन गरिरहेको छ । तर, नेटा सेनाले भने प्रत्यक्ष रूपमा अहिलसम्म हस्तक्षेप गरेको छैन । यदि नेटोले रुस-युक्रेन युद्धमा प्रत्यक्ष हस्तक्षेप गरे यसले तेस्रो विश्व युद्ध निम्तिन सक्ने भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिइसकेका छन् ।

त्यस्तै, रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले पश्चिमाले युक्रेनलाई सहयोग र हतियार पठाउन बन्द गरे रुस-युक्रेन युद्ध दुई सातामै समाप्त हुने बताएकी छन् । रुसी सीमा नजिक नेटोको अभ्यासबारे प्रकाश पार्दै प्रवक्ता जाखारोभले यस्तो नगर्न चेतावनी नै दिएकी हुन् ।

हिजो रुसले थर्मल पावर प्लान्ट अर्थात् विद्ययुत गृहमा यो साता अहिलसम्म कै ठुलो हमला गरेको छ । रुसले तीन विद्ययुत गृहमा आक्रमण गर्दा युक्रेनमा ब्ल्याकआउट भएको थियो । उक्त आक्रमणमा तीन जना घाइते हुनुका साथै थुप्रै भवनहरु समेत ध्वस्त भएको बताइएको छ । विगत दुई वर्षदेखि जारी युद्धका कारण हजारौँ मानिसको ज्यान गइसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.