फाइल तस्बिर ।
काठमाडौं । सरकारले हालसम्म ६७८ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरिएको जनाएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत आर्थिक वर्ष ०७५/७६ बाट ज्यान जोखिममा परेका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क उद्धार र उपचार गर्ने व्यवस्था गरिएको हो ।
चालु आर्थिक वर्षमा हालसम्म १२६ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार भइसकेको छ । नजिकको स्वास्थ्य संस्थाले दिएको सिफारिसका आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत जानकारी आएपछि सेनाको हेलिकोप्टरबाट निःशुल्क उद्धार गरी उपचार गर्ने व्यवस्था छ ।
सो सेवा लिएकालाई सरकारले यातायात खर्चबापत प्रतिव्यक्ति २० हजार रुपैयाँ पनि उपलब्ध गराउँछ । सरकारको यो पहल मातृ शिशु मृत्युदर घटाउन सहयोगी साबित भएको छ ।
यो पनि...